भरतपुर – नेपालीहरूको चाड जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसरमा यस नेपाल प्रहरी शिक्षालयमा रक्षा बन्धन तथा शुभकामना साटासाट गर्ने कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


शिक्षालयमाका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा  शिक्षालयको परिसरभित्र रहेको दुर्गा मन्दिरमा राखी बाध्ने कार्यक्रमको साथै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नारायणघाट र बसेनी, भरतपुरसँगको समन्वयमा ‍यस शिक्षालयमा कार्यरत प्रहरी कर्मचारी र प्रशिक्षणरत प्रशिक्षार्थीहरूसँग रक्षा बन्धन तथा शुभकामना साटासाट गर्ने कार्यक्रम गरिएको हो  ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा राजयोग प्रशिक्षक राजु घले र ब्रह्माकुमारी रीताले प्रवचन तथा शुभकामना सन्देश दिए ।  साथै  शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षकभण्डारीले मानव जीवनमा सकारात्मक सोचको विकास गर्न तथा तनावलाई प्रभावकारी रूपमा व्यवस्था गर्न आवश्यक भएको बताए ।

उनले जीवनलाई सफल बनाउनको लागि आफूलाई सदैव सत्कर्मतर्फ प्रेरित रहिरहन निर्देशन दिँदै उपस्थित सम्पूर्णलाई जनै पूर्णिमा एवम् रक्षा बन्धन तथा गाईजात्राको शुभकामना दिए । उक्त कार्यक्रममा ११०० जना प्रहरीको उपस्थिति रहेको थियो ।