काठमाडौँ– रौतहट सार्वजनिक मेलामा ड्युटी पोशाकमै नाच्ने नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) कारवाहीमा परेका छन् ।


ADVERTISEMENT


कृष्ण जन्माष्टमीको अवसरमा लागेको सार्वजनिक मेलामा बर्दी मै अर्धनग्न नर्तकीहरुसंग नाचेको भिडियो सार्वजनिक भएपछि रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साह कारवाहीमा परेका हुन् ।


ADVERTISEMENT

# # #


उनको यस किसिमको हर्कतपछि सई साहको जिम्मेवारी खोसेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।

हाल उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको उक्त नृत्यलाई धेरैले आलोचना गर्दै अश्लील भएको बताएका छन् ।