हृदयाघातका बिरामीले के खाने ? के नखाने ? कसरी खाने ? भन्ने कुरामा विभिन्न कुराहरु आइरहेका हुन्छन् । आज तपाईंलाई हामी यसका बारेमा जानकारी गराउन गराइरहेका छौं ।
के खाने ?
हरियो सागसब्जी, दाल, स्ट्रबेरी, सुन्तलाm सीताफल । यसमा क्याल्सियम, पोटासियम तथा म्याग्नेसियमको मात्रा धेरै हुन्छ ।
सूप, सलाद, अमिलो फलफूल, सोया, आरु, कागती पानी, कालो चना ।
ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण बदाम, आलसी, माछाको तेल, ओख्खर इत्यादी ।
के नखाने ?
बटर, घ्यूमा स्याचुरेटेड फ्याटको मात्रा धेरै हुने भएकोले यस्ता खानेकुरा नखाने ।
नुन कम खाने । थपेर नखाने ।
अजिनोमोटो, बेकिङ्ग पाउडर, सस, अचार, प्याकेटको खानेकुरा, बेकरी आइटम नखाने ।