काठमाडौं – गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । जसको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् ।


ADVERTISEMENT


क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण केसी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु डा नविन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।


ADVERTISEMENT

# # #


तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल पाण्डे, मिन खड्का, नवराज सुवेदी र पदम लामा रहेका छन् । यस्तै महासचिवमा सरिता गुरुङ, सचिवमा नसिम अन्सारी, टंक सोडारी, विष्णु केसी, प्रकाश रानाभाट, प्रदीप श्रेष्ठ कोषाध्यक्षमा कृष्ण पोखरेल रहेका छन् ।

यस्तै प्रवक्तामा बिराज भण्डारी तथा युवा संयोजकमा देव राना चयन हुँदा १२ जनालाई सदस्य बनाइएको क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले जानकारी दिए ।

को हुन् सूर्य लम्साल ?
नेपालको चितवन जिल्लामा जन्मेर हुर्किएका सूर्य लम्सालले चितवनकै शिवनगरबाट हाइस्कूल अध्ययन गरेका हुन्। त्यसपछि उनले अमृत साइन्स कलेज (ASCOL) बाट आइएससी र बिएससी गरेपछि पुल्चोक इञ्जिनियरिङ्ग कलेजबाट सिभिल इञ्जिनियरिङ्गमा बिइ गरेका छन्।
सन् १९९६ मा अमेरिकामा पढ्नको लागि गएका लम्लासले City University of New York (CUNY) बाट सन् १९९८ मा Civil and Structural Engineering मा मास्टर्स गरेका छन् । लम्साल हाल New York University बाट Urban Infrastructure Systems and Energy Management मा बिद्यावारिधि (PhD) गर्दै छन्।
उनी न्यूयोर्क र अरु पाँच स्टेटको लागि लाइसेन्स प्राप्त Professional Engineer (PE) समेत हुन् भने हाल न्यूयोर्क स्टेटको स्वामित्व रहेको इनर्जी कम्पनी New York Power Authority मा निर्देशक रहेका छन्। उनी American Society of Nepalese Engineers (ASNEngr)Non-Resident Nepali Association (NRNA) USA को सदस्य पनि रहेका छन् ।
यस बाहेक उनले NRNA का National and International Coordination Committee का थुप्रै जिम्मेवारी र अन्य संघ संस्थामा समेत काम गरेका छन् । २०१३ देखि सक्रिय रुपमा NRNA मा रहेका लम्साल सन् २०१५-२०१७ मा बोर्डमा कार्यकारी सदस्य थिए। सन् २०१७ मा अध्यक्षका प्रत्यासी थिए भने हाल तदर्थ समितिको अध्यक्ष भएका छन् ।