काठमाण्डौं-नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा काभ्रे क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका छन् । बास्कोटा ५४ हजार ४२७ मतसहित निर्वाचित भएका हुन् । उनले कांग्रेसका मधुप्रसाद आचार्यलाई १७ हजार ८४८ मतअन्तरले हराए ।


ADVERTISEMENT


एमालेका बास्कोटाले ५४ हजार ४२७ मत पाएका छन् भने कांग्रेसका आचार्यले ३६ हजार ५७९ मत पाए ।


ADVERTISEMENT

# # #


प्रदेशसभा तर्फ (क) र (‘ख) दुबै सिटमा एमाले उम्मेदवारहरु विजयी भएका छन् । प्रदेशसभा (क) मा एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५८९ मत पाए ।

यसैगरी प्रदेशसभा (ख)मा पनि एमालेकौ बसुन्धरा हुमागाइँ २८ हजार ६७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कन्चन चन्द्र वादेले २१ हजार ७८० मत पाएका छन् ।