काठमाण्डौं-नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना स्थगित भएको छ । छैटौं पटक उम्मेदवार बनेका गच्छदारलाई बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेकी चौधरीले सुरुदेखि नै पछि पारिरहेकी छिन् ।


ADVERTISEMENT


अन्त्यतिर आएर गच्छदारले मत अन्तर कम गर्दै ल्याएका छन् । पछिल्लो अवस्थामा चौधरीको २९ हजार ३२६ मत छ । गच्छदारको २९ हजार १७१ मत रहेको छ ।


ADVERTISEMENT

# # #


दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो । सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो । अझै करिब २० हजार मत गणना गर्न बाँकी छ ।