सुनसरी – सुनसरी क्षेत्र नं ३मा नेकपा एमालद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै एमाले  नेतृ भगवती  चौधरीले सुनसरी क्षेत्र नं ३ को विकास र समृद्धिको लागि नेकपा एमालेलाई जिताउनुपर्ने बताएकी छन्  ।


ADVERTISEMENT


पार्टी अध्यक्षा केपी शर्मा ओलीसमेत सहभागी सभालाई सम्बोधन गर्दै नेतृ  चौधरीले दशकौंदेखि गैरजिम्मेवार नेताहरुलाई चुनाव जिताइएकोले आफ्नो क्षेत्र पछि परेको बताइन् ।


ADVERTISEMENT

# # #


एक हजार भन्दा बढी अन्य दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन अहम् भूमिका निभाएकी नेतृ  चौधरीले दशकौंदेखि सुनसरी ३ विकास र परिवर्तनको पखाईमा रहेको पनि तर्क राखिन् ।  नेतृ चौधरीले आफू आफ्नो जन्मभूमि र कर्मभूमिमै सर्मपित  रहेकोले कर्मभूमिको विकासमा आफ्नो जोड रहेको बताइन् ।  विगतका जितेर पनि चुनाव हराइए तापनि पनि यसपटक  जनताले परिवर्तनकै पक्षमा मतदान गर्ने विश्वास गरेको उनले बताइन् ।

साथै नेतृ  चौधरीले नेकपा एमालेले नै मुलुकमा समाजवाद ल्याउने दावी गरेकी छन् । उनले  सिद्धान्त र विचार नमिलेका सत्तारुढ गठबन्धन दलले देशको विकास गर्न नसक्नेतर्फ पनि संकेत गरिन् । एकवर्षयता मुलुकको अर्थतन्त्र धराशयी भएको अवस्थामा सरकारले अर्थतन्त्र उकास्न  केही पनि नगरेको चौधरीको तर्क छ ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र अन्य दलबाट एक हजारभन्दा बढी नेताकार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरे ।  बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र विभिन्न दलका एक हजारभन्दा बढी नेताकार्यकर्तालाई नेकपा एमालेमा प्रवेशसमेत  गराएका थिए ।

बृहत् पार्टी प्रबेश कार्यक्रममा सुनसरी क्षेत्र नं ३ अन्तरगत बर्जु, गढी, दुहवी, इटहरीका एक हजार बढी व्यक्तिहरु नेपाली कांग्रेसबाट सबैभन्दा धेरै र विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरी, जिल्ला इन्चार्ज जगदिश कुसियत लगायतले अबिर तथा दोसल्ला लगाएर स्वागत गरेका हुन् ।