काठमाडौँ – प्रभु बैंक लिमिटेड र पोखरास्थित अर्बन बुटिक होटल प्रा.लि.बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र अर्बन बुटिक होटलका तर्फबाट अध्यक्ष शकुन्तला गुरुङ्गले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अर्बन बुटिक होटल प्रा. लि.द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
उक्त सम्झौता अन्तर्गत अर्बन बुटिक होटल प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अर्बन बुटिक होटल का उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने छन् ।