काठमाडौँ – भारतीय स्थलसेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । पाण्डले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री देउवासँग भेटावार्ता गरेका हुन् ।
भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग लगायतका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार अपरान्ह नेपाल आएका पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्याजी चिन्ह प्रदान गरेकी थिइन् ।
यस्तै पाण्डेले सोमबार नै प्रधानसेनापतिसंग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गरेका थिए ।
उनले आजै कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया समेत गरेका छन् । उनले बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्ने छ ।
बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्कने जनाइएको छ ।