काठमाडौँ – नेकपा एमालेका मनोनीत तीन जना केन्द्रीय सदस्यले बुधबार शपथ ग्रहण गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई केन्द्रीय कमिटी सदस्यको शपथ गराएका हुन् ।


ADVERTISEMENT

# #


एमालेको गत असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीत अन्य केन्द्रीय सदस्यहरूले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।

यससँगै मनोनीत केन्द्रीय सदस्यहरूमध्ये शपथ लिन बाँकी रहेका तीनै जनाको शपथ प्रक्रिया पूरा भएको छ।


ADVERTISEMENT

#
#