काठमाडौं – भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको एक पूज्य स्थलमा २०७९ कार्तिक २८ साँझ ‘शिव पूजा’ कार्यक्रमको आयोजना गर्यो ।


ADVERTISEMENT


पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको सुरुवात भयो ।


ADVERTISEMENT

# # #


तत्पश्चात कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य प्रस्तुत गरे । यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ । करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।

कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरियो । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत प्रस्तुत गरियो ।

पशुपतिनाथ मन्दिरका मूल भट्ट  गणेश रावलजीले उक्त कार्यक्रमको उद्घाटन गरे । पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढीको सो कार्यक्रममा सहभागिता थियो ।