काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ‌ ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा गएर मतदान गरेका हुन् ।


ADVERTISEMENT


मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरे । निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताउँदै उनले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गरे


ADVERTISEMENT

# # #


ओलीले एमालेको बहुमत आउने देखेर नै विभिन्न शक्तिहरु एमालेको बिरुद्धमा लागेको टिप्पणी गरे । युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उनको भनाई छ ।

ओलीले निर्वाचन उत्साहपूर्व रुपमा भएको जिकिर गरे । उनी झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् ।