काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै मतदान गरेका छन् । मेयर शाहले आइतबार काठमाडौँको तिनकुनेस्थित अन्नपूर्ण मावि पुगेर संघीय सांसदका लागि मात्रै मतदान गरेका हुन् ।


ADVERTISEMENT


उनले सुरुमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतदान गरे । त्यसपछि प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गरेरेपछि शाह सरासर बाहिरिरिन खोजे । उनले प्रदेशसभा तर्फको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान नै गरेनन् ।


ADVERTISEMENT

# # #


मतदानस्थलमा खटिएका कर्मचारीले मेयर शाहलाई प्रदेशसभातर्फको मतदान गर्नका फर्किन इशारा गरे । तर मेयर शाहले हातले नहाल्ने इन्कार गर्दै बाहिरिए ।

उनले मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिन मानेनन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभामा निर्वाचनलाई बहिष्कार गरेको छ । कतिपयले मेयर शाहले लामिछानेको पार्टीलाई समर्थन गरेको सन्देश दिएको समेत अनुमान गरेका छन् ।

शाहले गत वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्ररुपमा जितेका थिए ।