काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा गएर मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरे । निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताउँदै उनले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गरे
ओलीले एमालेको बहुमत आउने देखेर नै विभिन्न शक्तिहरु एमालेको बिरुद्धमा लागेको टिप्पणी गरे । युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भएपनि जनताले सचेत भएर मतदान गर्ने उनको भनाई छ ।
ओलीले निर्वाचन उत्साहपूर्व रुपमा भएको जिकिर गरे । उनी झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् ।