काठमाडौँ – रूपन्देही क्षेत्र नं. ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट २ हजार ५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४९३ र जनता समाजवादी पार्टी (जसपा)का ओमप्रकाश यादवले ३१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लोसपाका कन्हैया बनियाले १ हजार १०९, नेपाली कांग्रेसका अष्टभुजा पाठक ४८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल ४९५ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले ८३३, जनमत पार्टीका अर्जुन जयसवाल ४८८ र लोसपाका मोहनलाल यादवले ४५० मत प्राप्त गरेका छन् ।