काठमाडौं – समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेकपा एमालेले ५ लाख ३७ हजार ७७७ मत पाएको छ ।
नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो ।
निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार पाएको छ ।
माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ ।
यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।