काठमाडौं-जोगीमारास्थित पृथ्वी राजमार्गको तिक्राङ खानी नजिक शनिबार सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा मिर्चैयाका ५३ वर्षीय रामबाबु साह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख ००९४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको बा१४च ६६६८ नम्बरको हाइलक्स जिप एक–आपसमाठोक्किँदा दुर्घटना भएको हो ।
घटनामा २ जना घाइते छन् । घाइते शोभादेवी साह र राजकिशोर साहलाई उपचारका लागि काठमाडौं लगिएको छ । दुवै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।