ललितपुर– रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत सोमबार महिलाहरुले रथ तानेका छन् ।
सोमबार बिहान ललितपुरको थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटोसम्म पु¥यााएका हुन् ।
महिलाहरुले रथ तान्नुलाई ‘याक मिसा भुज्या’ भन्ने गरिन्छ । अरु समय पुरुष महिला मिलेर तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलिपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन् । मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा हराएको र महिलासँग रहेको थाहा पाएपछि पूजा गरी फर्काएको भन्दै एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको किम्बदंती छ ।
रथ इतिटोल पुगेपछि साइत हेरेर र जाउलाखेल पुर्याइन्छ । जाउलाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथ बुङ्गती फिर्ता गरेसँगै सबैभन्दा लामो रथयात्रा समापन हुन्छ ।