काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


साथै लामिछानेले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको जिकिर समेत गरे । ‘भष्ट्रचारको शरणार्थीहरुको काण्डमा यो ताप्केको बिँड तात्यो । तात्दै तात्दै गरेको ताप्केको बिँड सेलाएको छ । यो ताप्के नसेलाओस् । यो सिंगो देश र अन्र्तराष्टिय« समुदायले हेरेको छ’, उनले भने, ‘दोषि कोही पन िनउम्कियोस् । मिलिजुली एकअर्कालाइृ जोगाउने काम नहोस् । हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौँ ।

त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताएका छन् । असाधारण अवस्था रहेको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अंगिकार गर्न उनले सरकारलाई सुझाव पनि दिए ।