काठमाडौँ – सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राती पनि खेल सञ्चालन गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको ‘फ्लड लाइट’ जडानका लागि बजेट बिनियोजन गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताएका हुन् ।
यस्तै उनले मुलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गरिने बताए । यस्तै विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशाला, वैतडीको दशरथ चन्द रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौँको शुवर्ण शमरेश रंगशालाको निर्माण कार्य अघि बढाउन बजेटको व्यवस्था गरेको उनले बताए ।