काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र लोकतन्त्र विरुद्ध लड्ने योद्धा ब्युँताउन लागिपरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा युवा संघ नेपाल, प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि आक्रमण गर्ने मण्डलेहरु ब्युँताउन कोसिस भएको र त्यसमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता देखिएको अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


खनालले आफु सहभागी एक सार्वजनिक कार्यक्रममा सबै पार्टीको विरुद्ध र विशेषगरि आफुविरुद्ध नियोजित रुपमा आक्रमणको प्रयास भएको त्यसमा राजावादी भन्नेहरुको हात रहेको बताए । पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक गतिविधि बढ्न थालेको भन्दै खनालले राप्रपाको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर राजनीतिमा आउन चूनौती दिए । उनले राजनीतिक दल खोजेर आए प्रतिस्पर्धा गर्न तयार रहेको तर गुण्डागर्दी र अराजकता मच्चाएर नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखे दिवास्वप्नबाहेक केही नहुने स्पष्ट पारे ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जनताले औला ठड्याउन ठाँउ दिन नहुने खनालको भनाई छ । नरेन्द्र मोदीले उद्घाटन गरेको संसद भवनमा रहेको कथित अखण्ड भारतको नक्सामा नेपालको ऐतिहासिक स्थलको नाम राखिएको भन्दै उनले प्रधानमन्त्रीले देशका राष्ट्रिय हितका प्रश्नहरुलाई दृढता पूर्वक उठाउनुपर्नेमा जोड दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको काण्ड मात्रै नभई संगठीत अपराधका साथै देशद्रोही काण्ड भएकाले यसमा संलग्नलाई कडा कारवाही गर्नुपर्ने उनको धारणा छ ।