काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

#


भेटका क्रममा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार, सहकार्यका सम्भावित क्षेत्र तथा आपसी सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका अधिकारीहरूको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

#
#


नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव मिश्रीले नेपालका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।