काठमाडौं – नेपाली सेनाले कुकुर तिहारको अवसरमा ‘डग शो’ गरेको छ ।
आइतबार मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजासँगै प्रदर्शनी गरिएको हो । सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै आएको छ ।
सेनाले निष्ठा, इमानदारिता र बफादारिताको प्रतीक मानेर हरेक वर्ष कुकुर तिहारमा कुकुरको पूजा गर्दै आइरहेको छ ।






























