काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।
चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएसँगै सभापति लामिछानेले सो प्रतिक्रिया जनाएका हुन् ।
उनले भारतसँग नेपालले उत्कृष्ट खेलेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘भारतसँग २३ रनको मात्र अन्तर भनेको नेपाली क्रिकेट टिमले गरेको निरन्तरको उत्कृष्ट प्रदर्शन नै हो । हाम्रो भविष्य निकै उज्ज्वल छ । उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल ।’
[]