काठमाडौँ– सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा मंगलबार बृहत् सद्भाव र्‍याली निकालिएको छ ।


ADVERTISEMENT


सोमबार बसेको सर्वदलीय बैठकको निणर्यअनुसार धार्मिकसहिष्णुता कायम गर्न बृहत् सद्भाव र्याली निकालिएको हो । सामाजिक सद्भाव नेपालगन्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूको सहित नेपालगन्जमा सद्भाव ¥याली निकालिएको प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपालगन्जको वीपीचोकबाट सद्भाव र्याली निकालिएको हो । र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लावासीमा अपिल गरेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केहि ब्यक्तिहरुले स्टाटस पोष्ट गरेको विषयमा बादबिबाद भएपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।

कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पु¥याउने कानुन विपरीतका कुनै पनि गतिविधि नगर्नु स्थानीय प्रशासनले अपील गरेको छ ।

कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।