काठमाडौँ – अमर सिंह क्लबद्वारा आयोजित प्रथम संस्करणको अमर सिंह खुल्ला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान्सतर्फ पेप्सीकोला पिटनेस सेन्टर (पीएफसी)का सञ्जय कपाली र नरेन्द्र न्यौपानको जोडी विजयी भएको छ ।


ADVERTISEMENT


उनीहरुले चन्द्रागिरी ब्याडमिन्टन कलबका हरि खत्री र विपीन शाहको जोडीलाई २१–१३ र २१–११ को सोझो सेटमा पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै खुल्लातर्फ रिमिक्स क्लबका सुमन शाक्य र विपन महर्जनको जोडीले जित हात पारेको छ । उनीहरुले पीएफसीका वविन केसी र विवेक चौधरीको जोडीलाई तेस्रो सेटमा २०–२२, २१–१६ र २१–१९ मा पराजित गरेका हुन् ।

मेन्स डबल्सतर्फ पीएफसीका उमेश धिताल र दिनेस केसिको जोडीले तेस्रो स्थान प्राप्त गरेको छ । खेलपछि कार्यक्रमका प्रमुख अतिथि प्रकाशमान सिंहले खेलाडीहरुलाई पुरस्कार वितरण गरेको थिए ।