काठमाडौँ – प्रहरी प्रधान कार्यालयले वर्तमान परिवेशमा साइबर क्षेत्रमा देखापरेका परिवेशको चुनौतीलाई मध्यनजर गर्दै साइबर अपराधको वर्तमान अवस्था चुनौती र समाधान विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


कार्यालयले मंगलबार वरिष्ठ प्रहरी अधिकारीहरूबीच गहन अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रमा आइटी कम्पनी जेनिस सोलुसनका प्रविधि प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यक्रम प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा प्रहरीको साइबर ब्युरो प्रमुख डीआइजी नवीन्द्र अर्याल, सूचना प्रविधि प्रमुख डीआइजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज लगायत प्रहरी प्रधान कार्यालयका विभाग महाशाखा लगायतबाट वरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता थियो ।

जेनिस सोलुसनका वरिष्ठ डाइरेक्टर तथा आईटी इन्जिनियरहरुसमेत सहभागी भएको कार्यक्रममा मूलत राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा साइबर जोखिमको वर्तमान अवस्था सरकारी एवं गैरसरकारी निकायहरूमा देखिएका साइबर आक्रमणका प्रवृत्ति नेपालमा विद्यमान साइबर जोखिम र समाधान बारे गहन छलफल भएको हो ।

साइबर सुरक्षा चुनौतीपूर्ण बन्दै गइरहेको वर्तमान परिवेशमा प्रहरीले गरेको यो कार्यक्रमलाई सकारात्मक रुपमा लिइएको छ । कार्यक्रममा आमन्त्रित जेनिस सोलुसन कम्पनी साइबर दुनियामा अन्तर्राष्ट्रिय स्तरको चर्चित कम्पनी हो।

नेपाल लगायत विश्वका ११ देशमा शाखा रहेको यस कम्पनीको प्रधान कार्यालय बेलायतमा रहेको छ। यसका प्रमुख नेपाली मूलका अन्जनी फुयाल हुन्।