काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको बर्खास्ती सम्बन्धमा गरिएको प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार मकवानपुरको हेटौँडामा भएको विशेष साधारणसभाले बहुमतले अस्वीकृत गरेसँगै नेम्वाङ्गको पद जोगिएको हो ।


ADVERTISEMENT


साधारणसभामा निणर्याथ गरिएको मतदानमा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावको पक्षमा शून्य मत पर्यो । यस्तै पस्तावको विपक्षमा ५२ मत परेको थियो भने एउटा मत बदर भएको एन्फाले जनाएको छ । मतदान अधिकार भएका कूल ८७ सदस्य रहेको एम्फामा बहुमत संख्या ४४ हो । तर, नेम्वाङ्गको बर्खास्तीको माग गर्ने कार्यसमिति सदस्यहरु नै मतदानमा अनुपस्थित हुँदा मतदान एकपक्षीय भएको हो ।


ADVERTISEMENT

# # #


गत भदौ २५ गते एन्फाका ४८ जना सदस्यस्यले एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई वर्खास्त गर्नुपर्ने माग गर्दै अविश्वासको पत्र एन्फामा बुझाएका थिए । उक्त मागप्रति कार्यसमतिले निर्णयार्थ पेश गर्ने निर्णय गरेको थियो ।