काठमाडौँ – सुनसरीको धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार प्राधिकरणका प्रबन्धक नल बिक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार उक्त समिति गठन गरिएको प्राधिकरणले जनाएको छ । उक्त समितिमा संयोजक थापाका अतिरिक्त प्राधिकरणका प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानमा विमानस्थल बनाउनुपर्ने माग राख्दै आएका छन् । यसका लागि पर्यटनमन्त्री किरातीलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए ।
धरान नजिकै (४१ किलोमिटर टाढा) विराटनगर विमानस्थल नियमित सञ्जालन भएरहेकाले धरानमा विमानस्थल आवश्यक नपर्ने कतिपयको धारणा छ ।