काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्र एनपी साउदसँगको भेटपछि संवादले सम्बन्धलाई सकारात्मक मार्गमा डोर्‍याउने बताएका छन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै रायसिना संवादमा सहभागी हुन भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउदको सक्रिय सहभागिताले खुसी लागेकोसमेत जनाएका छन्।


ADVERTISEMENT

# # #


‘रायसिना डायलग २०२४ मा भारतका छिमेकीहरूको उपस्थिति स्वाभाविक हो’, एक्समा उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्री एनपी साउदलाई कार्यक्रममा हार्दिक स्वागत छ। रायसिना कार्यक्रममा उनको सक्रिय सहभागिता देख्दा खुसी लाग्यो ।’

यस्तै, परराष्ट्रमन्त्री साउदसंगको वार्ताले नेपाल–भारत सम्बन्ध सकरात्मक मार्गमा अघि बढेको जनाउँदै उनले अघि लेखेका छन्, ‘हाम्रो वार्ताले हाम्रो सम्बन्धको सकारात्मक मार्गमा गइरहेको कुरालाई पुनस् पुष्टि गर्‍यो।