काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका चार ठूला र प्रख्यात स्कुलमा छापा मारेको छ ।


ADVERTISEMENT


विभागले बुधबार विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका वडा नं. १५ स्थित युलेन्स एजुकेशन फाउण्डेसन र लिट्टिल एन्जेल्स, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित जिनियस स्कुल र काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. २ स्थित स्वस्तिश्री गुरुकुल प्रा.लि.मा छापा मारेको हो ।


ADVERTISEMENT

# # #


उक्त स्कुलहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ र दफा २० विरुद्धका काम गरेको भन्दै विभागद्वारा छापा मारिएको हो । जस अनुसार स्कुलहरुले वस्तु तथा सेवाको वास्तविक लागतको आधारमा भन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य तय वा विक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ । यस्तै कुनै वस्तु तथा सेवाको मूल्यमा दान, इनाम, निःशुल्क पाइने अन्य वस्तुको मूल्य वा लागत समावेश गरी मूल्य निर्धारण गर्ने वा त्यस्तो मूल्यमा त्यस्तो वस्तु वा सेवाको विक्री गर्ने कसुर गरेको छ ।

यस्तै स्कुलहरुले व्यवसायसँग सम्बन्धित मापदण्ड पालना नगरेको, वस्तुको विक्रीमा ट्रेडमार्फक लगायतका बौद्धिक चोरी वा नक्कल गरेको र ऐन विरुद्धका कार्य गरेको विभागले उल्लेख गरेको छ । उक्त कुसरमा विभागले स्कुललाई व्यवसायसँग सम्बन्धित कागजपत्र, विद्यालय सञ्चालन अनुमति, कर चुक्ता, कम्पनी अद्यावधिक, शेयर लगत, लेखापरीक्षण प्रतिवेदन, शिक्षक तथा कर्मचारीको विवरण, तलब भुक्तानीको विवरण र छात्रवृत्तिको विवरण लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै साइनबोर्डको नमूना, विद्यार्थीको कक्षगत विवरण, भ्याट,प्यान प्रमाणपत्र, भौतिक सम्पत्तिको विवरण लगायतका कागजातहरु समेत सँगै ल्याउने निर्देशन गरेको छ ।

विभागले पछिल्लो समय काठमाडौँ उपत्यकामा व्यापक रुपमा अनुगमन र निरीक्षण गर्दै कानुन विपरीतका कार्य गर्ने व्यवसायिक कम्पनीहरुलाई कारबाही गर्दै आएको छ ।