काठमाडौँ– सरकारले २३ दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ ।


ADVERTISEMENT


आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्राचार गर्दै गृह मन्त्रालयले वार्ताका लागि आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


पत्रमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला’, पत्रमा उल्लेख छ ।

आफुहरुको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरु काठमाडौं आएका छन् । तीन वर्षदेखि सरकारले आश्वसन दिएपनि माग पूरा नगरेको उनीहरुको गुनासो छ ।

पिडितहरुले लघुवित्त र वित्तिय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।