काठमाडौँ – छैंटौं झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्याईज युनाईटेड क्लबले जितेको छ ।


ADVERTISEMENT


झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाईजले उपाधि चुमेको हो ।


ADVERTISEMENT

# # #


सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्याईज युनाईटेड क्लबले पहिलो पटक सहभागि हुदै छैंटौं झापा गोल्डकप प्रतियोगिताको उपाधि हातपार्न सफल भयो । बिजेता चर्च ब्याईजले १३ लाख नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपबिजेता एपिएफ फुटबल क्लबले ७ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

चर्च ब्याईजकालागी अवयामि फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाईजकै राजेश परियारले थप १ गोल गर्दै टिमको जित निश्चित पारे । परियारले फाकुन्लेको पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको विभागीय टीम एपिएफले खेलमा गोल गर्ने थुप्रै अवशर चुकाउंदा हार व्यहोर्नु पर्यो ।