काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking”  सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्नेछन ।

ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर Digital Transformation तथा  Continuous Innovation  मार्फत आफ्ना सेवा, प्रक्रिया र ग्राहक अनुभवलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सोको निरन्तरता स्वरुप यो नवीन सेवा सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

#


यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के–के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथाLoan Application Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सक्नेछन।

कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले शाखा कार्यालयमा उपस्थित हुने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थालाई, यस सेवाको सुरुवातसँगैे उक्त जानकारी आफै डिजिटल रूपमा अनुगमन गर्न सक्ने भएका छन । यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता, सूचनामा सहज पहुँच तथा ग्राहक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

#
#


कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई सोसम्बन्धी जानकारी SMS Notification मार्फत समेत तत्काल उपलब्ध गराइने व्यवस्था गरिएको छ। मुक्तिनाथ विकास बैंकले विगतका केही वर्षदेखि प्रविधिमा आधारित सेवा विस्तारलाई आफ्नो रणनीतिक प्राथमिकताको रूपमा लिदै आएको छ । ग्राहकको बदलिँदो आवश्यकता, वित्तीय प्रविधिको तीव्र विकास तथा आधुनिक बैंकिङ अभ्यासलाई आत्मसात् गर्दै बैंकले आफ्ना सेवा तथा प्रक्रियालाई क्रमशः डिजिटल, डेटा–आधारित, छिटो र ग्राहक केन्द्रित बनाउँदै लगिरहेको छ ।

बैंकको मूल मन्त्र “जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ” लाई व्यवहारमा रूपान्तरण गर्दै डिजिटल माध्यमको अधिकतम उपयोग गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको छ।Loan Application Tracking सेवा पनि यही डिजिटल यात्राको एक महत्वपूर्ण उपलब्धि हो, जसले ग्राहकलाई “Right Information at the Right Time” उपलब्ध गराउने बैंकको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।

आगामी दिनमा समेत बैंकले अत्याधुनिक प्रविधिको उपयोग मार्फत आफ्ना सेवा तथा प्रक्रियाहरूलाई अझ सशक्त, सहज, पारदर्शी तथा ग्राहकमैत्री बनाउँदै नयाँ डिजिटल सेवा तथा सुविधाहरूको विकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ ।