काठमाडौँ – लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई भने सरकारको नीति तथा कार्यक्रम वाचन गर्न दिने भएको छ । मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई संघीय संसदमा नीति तथा कार्यक्रम वाचनमा अवरोध नगर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


राष्ट्रपति पौडेलले आज अपरान्ह संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछन् । उक्त कार्यक्रम सकिएपछिका बैठकमा विरोध गर्ने काँग्रेसले निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


काँग्रेसले सहकारी ठगी प्रक।णमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग राख्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । यता सत्तारुढ गठबन्धनले भने काँग्रेसको माग अनुसार छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि लामो समयदेखि संसदका क्रियाकलाप प्रभावित बन्दै आएका छन् ।