काठमाडौँ– नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरू यतिबेला संयुक्त बैठक बसिरहेका छन् ।
प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस सभापति देउवाले विपक्षी दलका नेताहरूसँग छलफलमा बोलाएका हुन् । बैठकबाट सदनमा कसरी प्रस्तुत हुने भनेर विपक्षी दलको तर्फबाट साझा धारणा बनाइने बताइएको छ ।
बैठकमा कांग्रेस सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखकलगायत छन् । त्यस्तै राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, शरदसिंह भण्डारी, जनमोर्चाका चित्रबहादुर केसी छन् ।
यसअघि शुक्रवार बसेको विपक्षी दलको बैठकमा सहकारीको रकम अपचलनको सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिाछनेमाथि संसदिय छानबिन समिति गठनको माग गर्ने सहमति जुटेको थियो ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढलाई थप दबाबमूलक बनाउन अन्य विपक्षी दलको साथ खोजेको हो ।