काठमाडौँ– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामति विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताए । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरुले आफु सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

त्यस्तै उनले सरकारको कामकारवाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफुहरु राजनीतिमा आएको बताए । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरुलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।