काठमाडौँ– काठमाडौँ महानगरका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT

# # #


‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, उनको प्रश्न छ ।

न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट पारेका छन् ।

दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा सडक विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको उनको जिकिर छ ।

यसअघि बालेनलाई सडक डिभिजन कार्यालयले न्यूरोडमा भत्काइएका सडक पुनःस्थापन गर्न २ दिनको अल्टिमेटम दिएको थियो । जेठ १६ गते पत्र काट्दै डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई दुई दिन भित्र सडक पुनस्थापना नगरे सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत चेतावनी दिएका थिए ।