काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बजेटले पर्यटन, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उनले बताए । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक वर्षको अवधिमा सरकारलाई दिएका केही सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताए । अझैँ पनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।

उनले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।