काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाधेजस्तो भएकाले विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राखे । सरकारको गतिलाई रोक्न धुप अक्षेता बालेर बस्नेहरुको दिवासपना पुरा नहुने उनको भनाइ छ ।
उनले सत्तासमिकरणमा बजेटका विषयमा छलफल कम भएको सत्य भएपनि एमालेले बजेटको अपनत्व लिदै पारित गर्ने बताए । उनले सत्ता समीकरणमा रहेका सवै दलको भावनालाइ समेट्ने गरि बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिए ।


























































