काठमाडौँ– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सदनमा क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषय उठान गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बैठकमा बोल्दै सांसद भण्डारीले भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस्’, उनले भने ।


























































