काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबावका कारण कुनै पनि अपराधका घटना नदब्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिदैँ उनले सो अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले विपद् न्युनिकरणको पूर्वतयारीमा सम्पूर्ण ध्यान केन्द्रित गरेको बताए । लामिछानेले मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना पारित गरि प्राकृतिक विपदका जोखिम न्यूनिकरण गर्न सरकारले ध्यान केन्द्रीत गरेको जानकारी दिए ।

उहाले विपद्को सूचना दिनेदेखि हरेक दिन प्रेस बुलेटिन निकाल्ने समेत जानकारी दिए । प्रदेश सरकार र स्थानीय सरकारसँग निरन्तर समन्वय गर्दै सरकारको कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उनले बताए ।

लामिछानले यस वर्ष ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने र १८ हजार घरपरिवारलाई मनसुनजन्य विपदमा उद्धार र राहत दिनुपर्ने आंकलन रहेको उल्लेख गरे । जेठ १९ गतेदेखि आगामी असोज १९ गतेसम्मका लागि मनसुनको समय यकिन गरेर पूर्व तयारी गरिएको उनको भनाइ छ ।

उनले विपद्सँग प्रत्यक्ष सरोकार राख्ने ११ वटा मन्त्रालय, ७ प्रदेश, ७७ जिल्ला र सात सय ५३ वटै पालिकाहरु आफ्नो भुमिकामा जिम्मेवार बन्ने गरी काम अघि बढाइएको बताए ।