काठमाडौँ– तीनकुनेमा एक घरमा आगलागी भएको छ । पाँच तले उक्त घरको अन्डरग्राउण्डमा सञ्चालित एक पसलको स्टोरबाट आगो सल्किएको हो ।


ADVERTISEMENT


अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनास्थलमा दमकल पनि पुगेको छ ।


ADVERTISEMENT

# # #


आगो के कति कारणले सल्किएको हो ? घटनाबारे थप विवरण आउन बाँकी छ ।