काठमाडौँ– बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी बालिका यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


उनीमाथि १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप लागेकोजिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार पिडित बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । शिवाकोटीले उनलाई पढाइदिने भनेर सानै उमेरमा कामदारको रुपमा ल्याएर राखेका थिए ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी थिइन् । उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कारबाही गरिने रजौरेको भनाई छ ।

प्रहरी वृत्त स्वयम्भुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई शिवाकोटी पक्राउ परेको बारे जानकारी गराइसकेको छ ।