काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुन तोलामा १ हजार रुपैयाँले बढेर डेढ लाखनजिक पुगेको छ ।


ADVERTISEMENT


बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजार निर्धारण भएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी चाँदीको मूल्य पनि तोलामा ५० ले बढेको छ। बिहीबार एक हजार ८ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार ९सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।