जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंह नियुक्त भएका छन् ।


ADVERTISEMENT


सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएपछि उनी पद मुक्त भएका थिए । साृहि दिन प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।

नवनियुक्त मुख्यमन्त्री सिंहले आजै शपथ लिने बताइएको छ।