काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव स्वाँर सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफू विरुद्धको समाचार रोक्न आग्रह गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रवार ७ मिनेट लामो भिडियो सार्वजनिक गर्दै सिरोहियाले गृहमन्त्रीको प्रयास असफल भएको दाबी गरेका हुन् । भिडियोमा उनले कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्रीको सहकारी काण्ड लुकाउन कान्तिपुरले इन्कार गरेको बताउँदै उनले भनेका छन्, ‘कान्तिपुरमा सम्पादकीय स्वतन्त्रता छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लिनुभयो र आफ्नो पद दुरुपयोग गरेर मेरो बुवालाई एरेस्ट गर्नुभयो ।’

साथै उनले कैलाशविरुद्व उजुरी गर्ने व्यक्ति रास्वपाकै कार्यकर्ता रहेको र सो व्यक्तिले सिरोहियाको नागरिकता प्रतिलिपी कसरी पाए ? भन्ने प्रश्न समेत उठान गरेका छन् ।

कैलाश सिरोहिया नागरिकतामा किर्ते अभियोगमा जेठ ८ गते पक्राउ परेका थिए । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए । त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन् ।