काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारस्थित भेटवार्ता भएको छ ।


ADVERTISEMENT


भेटवार्तामा दुईबीच प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल चलिरहेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदैछन् । मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् ।

प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।