काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुराउने षडयन्त्र भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याउदै सांसदहरुलाई जता पनि जान सक्ने गरी षडयन्त्र भएको बताएका हुन् । जसपा फुटाउने षडयन्त्रपछि दोस्रो तारो आफ्नो पार्टीलाई बनाइएको उनले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष नेपालले कम्युनिष्ट भनिएकाहरु नै कम्युनिष्टको विरोधी भएको यथार्थलाई सवैले बुझ्नुपर्ने धारणा राखे । कम्युनिष्ट आन्दोलनहरु बिभाजन भयो भनेर विचलित नहुने भन्दै पुनर्गठित गर्दै नयाँ उचाईमा पुराउने उनले बताए । अध्यक्ष नेपालले कम्युनिष्टका साथै देशभक्तका साथै निरंकुशताविरोधी परिवर्तन चाहने शक्तिहरुलाई पनि गोलबन्ध गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिष्टभित्र हावी भइरहेको दक्षिणपन्थी अवसरबादकाविरुद्ध वैचारिक तथा सैद्धान्तिक संघर्षलाई अघि बढाउनुपर्ने धारणा राखे । उनले समाजवाद निर्माण गर्नका लागि समाजवादी क्रान्तिको प्रारम्भिक चरणमा रहेको भन्दै यसले कति समय लिन्छ भन्न नसकिने बताए ।

एमसीसी सम्झौतालाई अनुमोदन गर्ने काम सवैभन्दा ठूलो गल्ति भएको भन्दै राष्ट्रियतालाई बलियो बनाउन यस्ता विषयलाई सच्चाउदै अघि बढ्नुपर्ने बताए ।