काठमाडौँ– अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै फँसेका १३ खच्चड मध्ये १ वटा खच्चडको सकुशल उद्दार गरिएको छ ।


ADVERTISEMENT


दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले ११ वटाको जीवितै उद्दार गरिएको छ । २ वटाको भने उद्दारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।


ADVERTISEMENT

# # #


पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडहरुलाई कर्णाली नदीमा खसालेर डुंगामार्फत उद्दार गरिएको हो । आइतबार बिहान अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १३ वटा खच्चड पुलमै फसेका थिए ।

नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयको अनुमान छ ।